Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – पूर्व सचिव भीम उपाध्यायले चितवनको भरतपुर महानगरपालिका-१६ की पूर्णमाया गुरुङको फोटो दुरुपयोग प्रसंगमा सार्वजनिक रुपमा माफी मागेका छन्। पूर्णमायाले बिहीाबर नै जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गराइसकेकी छन्।

पूर्णमाया गुरुङले साइबर क्राइममा उजुरी दिएपछि पूर्व सचिव उपाध्यायले फोन गरेर शुक्रबार माफी मागेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पनि माफी माग्दै पूर्णमायाबारेको पुरानो पोस्ट हटाइसकेको बताएका छन्।

‘चितवनकी भरतपुर–१६ की पूर्णमाया गुरूङ बहिनीलाई फोन गरेर मेरो पोस्टले पारेको मानसिक पीडामा मैले गहिरो दुःख प्रकट गर्दै क्षमा मागिसकेको छु’, उनले भनेका छन्, ‘यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोस्ट डिलिट गरिसकेको छु। मेरो मेसेन्जरले ४-५ दिनदेखि काम नगर्दा उनले पठाएको म्यासेज पढ्न नपाउँदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ। नभए यो समस्या उतिबेलै सल्टिसकेको हुने थियो। प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो,’

 

तपाईको प्रतिक्रिया