Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौँ – इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाल एक युवककाे धारिलो हतियार प्रहारबाट घाइते हुनुभएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला नजिक हिजाे बिहिबार बेलुका नियमित गाडी जाँचका क्रममा उहाँमाथि धारिलाे हतियार प्रहार भएकाे हाे ।

तीन जना युवा चढेकाे मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरो प्रहार गर्दा कटुवालकाे टाउको र हातमा गम्भीर चोट लागेकाे प्रहरीले जनाएकाे छ । प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी गाडी जाँचमा खटिनु भएकाे थियाे ।

उहाँकाे बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवाहरुले जाँडरक्सी खाएर मोटरसाइकल चलाएका प्रहरीले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया