बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

टोकियो – परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्किएको छ । सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको हो ।

जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन् । साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो ।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताएको छ । दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरू र प्रशान्त टापुका देशहरू आक्रोशित बनेका छन् ।

तपाईको प्रतिक्रिया