Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरू साथै नेपालजापान संसदीय मैत्री समूहका सदस्यसमेत रहेका कोबायाशी काजुहिरो र नागइ मान्बुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा हिजो बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्णसम्बन्ध रहेको बताएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा राष्ट्रपति पौडेले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास तथा सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया