Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बाराकोमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट महोत्तरी जाँदै गरेका भारतीय तीर्थयात्री बोकेको बस जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना भएको हो ।

प्रहरीकाअनुसार मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति दुर्घटना हुँदा १९ जना घाइते छन् । दुर्घटनामा परी मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली छन् । उनीहरूको परिचय भने खुलेको छैन ।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट करिब १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । घाइतेको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया