Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत कुवेतलाई पनि पराजित गर्दै नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हराएको हो ।

यसअघि पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो । जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको हो ।

कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ तथा खादिजा खलीलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको जितमा इन्दु बर्माले सर्वाधिक ३, खुसी डङ्गोलले २ र कविता कुँवर, सिता राना मगर, ईश्वरी बिष्टले १/१ विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालका लागि र इन्दु बर्माले सर्वाधिक २३, बिन्दु रावलले २० र काजोल श्रेष्ठले अविजित १९ रन बनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया