Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ६ जनाले जग्गा फिर्ता गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारीको चरणमा ६ जनाले जग्गा फिर्ता गरेका हुन् ।

उनीहरुले ३ रोपनी १४ आना दुई दाम जग्गा सरकारको नाममा फिर्ता गर्ने लिखित कागज गरेका छन् । गीता गौतम खनालले १० आना २ दाम, गोविन्दलाल सङ्घईले ६ आना २ पैसा २ दाम, नितु गुरुङलगायतले १ रोपनी ४ आना जग्गा फिर्ता गरेको सिआइबीले जनाएको छ  । सिपिका खेतानले ७ आना ३ पैसा, सज्जन चाचान र देवासी गोयलले ८ आना र सीता ओझा गौतमले १० आना जग्गा फिर्ता गर्ने कागज गरेका हुन् ।

सिआइबीले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मंगलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । झन्डै ७ सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी ९ आना ३ दाममध्ये १४३ रोपनी ६ आना ३ पैसा ३ दाम सरकारी जग्गा योजनाबद्ध रूपमा संगठित समूहले किर्ते गरेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।

५७ दिन लगाएर गरिएको अनुसन्धानमा चार जना पूर्वमन्त्रीसहित २३८ जनालाई प्रतिवादी बनाएर १७ अर्ब ३५ करोड जरिबाना तथा १० वर्ष कैद सजाय गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया