Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौँ – त्रिशूली नदीमा बस खसेको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो।

एसपी मिश्रले आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने जानकारी दिए। ‘मलाई पनि भर्खर जानकारीमा आएको छ। बस नम्बर र बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी छ।’ दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया