Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा  श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले बिहान  वीर अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरूले पनि स्वर्गीय राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, कानुनमन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा, सहरी विकासमन्त्री सीता गुरुङलगायतले वीर अस्पतालमै पुगेर राईलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मन्त्री सुदन किराँती बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको हो । मन्त्री किराँती बुवा लामो समयदेखि अस्वस्थ भई उपचाररत रहेका थिए । मन्त्री किराँती बुवाको पार्थिव शरीर आजै भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया