Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजेपछि सर्वदलीय बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार बस्ने भनिए पनि नेताहरूको व्यस्तता र अस्वस्थताले बस्न सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा यसअघि सोमबार बसेको बैठकमा संसद्‌को गतिरोध अन्त्यका लागि सहमति नजिक पुगेको नेताहरूले बताएका थिए । संसद्‌ बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकार पक्ष सकारात्मक बनेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे मोटामोटी छलफल गरेको छ । कार्यदलको मंगलबार बसेको बैठकले उच्चस्तरीय समितिको कार्यादेश र संरचनाबारे प्रारम्भिक खाका तयार पारेको छ । उक्त खाका शीर्ष नेताहरूको बैठकमा पेस गरिनेछ ।

शीर्ष नेताको बैठकबाट खाका पारित भए उच्चस्तरीय समिति गठन हुने नेताहरूले जानकारी दिए । साउन १० गतेयता संसद् बैठक निरन्तर अवरुद्ध छ । आज प्रतिनिधि सभा दिउँसो ३ बजेलाई बोलाइएको छ ।

तपाईको प्रतिक्रिया