Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँको बुद्धनगरमा एउटा भैँसीले आतंक मच्चाएको छ । दाम्लोसमेत रहेको बिहानदेखि बुद्धनगरमा रहेको हो ।

भैँसी समात्न प्रहरी खटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको हो । भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन ।

भैँसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सञ्चालकहरू पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेका देखिन्छन् । भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ ।

भैँसीलाई त्यहीँबाट समात्न प्राविधिक टोलीलाई खबर गरिएको छ । यसअघि २०७५ साल फागुनमा चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो । मानिसको ज्यान लिएको राँगोलाई प्रहरीले गोली हानेर मारेको थियो ।

तपाईको प्रतिक्रिया