Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किराँती बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

किराँती बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए । मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत बुवाको निधन भएको जानकारी दिएका छन् ।

बुवाको निधन भएपछि किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौँ, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । सारा नेपाली मेरो आमा बुवा हुन् । बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु, तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’

तपाईको प्रतिक्रिया