Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जादैछ । नेपाली टिमसँग स्टार स्पीनर सन्दीप लामिछाने भने पाकिस्तान नजाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार सन्दीप नेपाली टिमसँग पाकिस्तान नजाने भएका हुन् ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा बोलाएको क्रिकेट टिमलाई बिदाई कार्यक्रममा समेत सन्दीप उपस्थित थिएनन् । साथै आइतबार र सोमबार नेपाली टिमले टियुमा गरेको प्रशिक्षणमा समेत सन्दीप अनुपस्थित थिए । नाबालिग बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका सन्दीपको मुद्धाको फैसला ढिला हुदा उनको खेल्ने अनिश्चित बनेको हो ।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अगष्ट ३० अर्थात भदौ १३ मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । त्यस्तै नेपालले अर्को खेल सेप्टेम्बर ४ अर्थात भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्दै छ । नेपाल टिम पाकिस्तानको कन्डिसन बुझ्न र स्थानीय टिमसँग अभ्यास खेल खेल्न केहि दिन अघि नै पाकिस्तानतर्फ जान लागेको हो ।

एसिया कप खेल्ने नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

तपाईको प्रतिक्रिया