Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए ।

शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ सरकारी अधिकारीहरु उपस्थित थिए । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।

तपाईको प्रतिक्रिया