Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले मलेसियामा आजदेखि शुरु भएको चार देशको टी- २० क्रिकेट सिरिजको पहिलो खेलमा हङकङलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । हङकङले दिएको ८५ रनको लक्ष्य पछाएको नेपाललले १५.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेर ६ विकेटको शानदार जित हासिल गरेको हो ।

यसअघि हङकङले पहिला ब्याटिंग गर्दै १९.१ ओभरमा ८४ रन बनाएर अल आउट भएको थियो । हङकङविरुद्ध नेपाली अलराउण्डर सिता रानामगरले ४ ओभरमा १६ रन दिएर ५ विकेट लिएकी थिइन् भने इन्दु बर्माले २.१ ओभरमा ४ रन दिएर २ विकेट लिएकी थिइन् ।

सिरिजमा अब नेपालले अर्को खेल अगस्त २३ मा कुवेतविरुद्ध खेल्ने तालिका रहेको छ । विश्वकपको एशिया छनौट अघि नेपालले मलेसियामा हुने चार देशको सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् । सिरिज अगष्ट २२ देखि २६ सम्म हुनेछ ।

मलेसियाको वायुमास ओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् । नेपालले अब दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग खेल्न छ भने तेस्रो खेल मलेसियासँग अगस्त २५ मा खेल्ने छ । फाइनल खेल अगस्त २६ मा हुने छ ।

तपाईको प्रतिक्रिया