Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – १५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा जेल चलान भएका छन् । मङ्गलबार बिहान स्थानीय समय अनुसार ९ बजे निजी जेटबाट सिङ्गापुरबाट बैंककको डोन मुयाङ विमानस्थलमा अवतरण गरेका शिनावात्रालाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो ।

अदालतमा पेश गरेपछि उनलाई जेल चलान गरिएको थाई मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई आठ बर्षको लागि जेल चलान गरिएको बताइएको छ । थाक्सिन २००१ मा सत्तामा आएका थिए भने पाँच वर्षपछि २००६ मा पुन: विजयी भएका शिनावात्रा सेप्टेम्बर २००६ मा न्यूयोर्कमा संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने तयारी गर्दै गर्दा थाइल्याण्डमा सेनाले सत्ता कब्जा गरेको थियो ।

त्यसपछि उनलाई शक्तिको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । त्यसयता उनले आफूलाई राजनीतिबाट टाढा राखेका थिए । त्यसपछि दुबईमा बस्न थालेका शिनावात्रा करिब १५ वर्षपछि फर्किएका हुन् ।

सन् २००६ मा राजनीतिमा कूपछि थाइल्याण्डको राजनीतिमा उथलपुथल भएको छ । थाक्सिनका समर्थक र उनका प्रतिद्वन्द्वीका समर्थक सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । थाक्सिन १५ वर्षपछि थाइल्यान्ड फर्किएपछि उनका समर्थकले खुसीसाथ स्वागत गरेका थिए ।

मेमा भएको निर्वाचनमा थाक्सिनको पार्टी फु थाई दोस्रो स्थानमा आएको थियो । प्रोग्रेसिभ मुभ फर्वार्ड पार्टीको जित भए पनि सेनाले नियुक्त गरेका सिनेटरहरूले माथिल्लो सदनमा सरकारलाई समर्थन गर्न अस्वीकार गरेका कारण सरकार बनाउन सकेको छैन ।

अब फेरि नयाँ प्रधानमन्त्रीको चयनका लागि मतदान हुदै छ । जसमा व्यवसायी श्रीथा थाविसिन प्रधानमन्त्री बन्न सक्ने बताइएको छ । श्रीथालाई तल्लो सदनमा ३१४ विधायकको समर्थन छ, तर सरकार बनाउन थप ५८ मत चाहिन्छ, जसका लागि दुवै सदनको समर्थन आवश्यक छ ।

तपाईको प्रतिक्रिया