Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । संसद् बैठक अगाडि बोलाइएको बैठक सकिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैठकका क्रममा राष्ट्रपति पौडेलसमक्ष संसद्‌को अवरोध खोल्नेदेखि देशको आर्थिक स्थितिलगायतका समसामयिक विषयमा नेताहरूले आफ्नो धारणा राखेका थिए । सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् सुचारु होस् र यसमा राजनीतिक दलबीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको सकारात्मक धारणा रहेको बताए । आफूहरू निरन्तर छलफलमा रहेको उनको भनाई छ ।

राष्ट्रपतिको शुभेच्छामा कसैले विमति राख्नुपर्ने कारण नभएको उनले बताए । ‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बिचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौँ । संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौँ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।’

विमानस्थलबाट भित्रिएको तस्करीको सुनबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपतिले त्यसप्रति चासो देखाएका हुन् । तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन ।

तपाईको प्रतिक्रिया