Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बझाङको एक परिवारका सदस्यमाथि मध्यराति अज्ञात व्यक्तिद्वारा चक्कु प्रहार गरिएको छ । बझाङको सुर्मा गाउँपालिका-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक विककी श्रीमती र दुई छोराहरूमाथि सुतिरहेको बेला अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन् । काठमाडौँमा रहेका कलकले चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइलसमेत लुटेर लगेको बताएका छन् । उनले दोषीलाई छिटो समातेर कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया