शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । उनीहरूसँग बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले बयान लिएको हो ।

सोमबार साँझ अनुसन्धान अधिकृतहरूले गच्छेदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ ।

यस्तै नख्खु कारागारमा थुनामा रहेका शाहलाई झिकाएर महाराजगन्जस्थित सिआईबीको कार्यालयमा बयान लिइएको छ । उनी पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् । पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले हिजो बेलुका नै बयान लिएको छ । त्यसअघि आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान डा. बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान कागज गराएको थियो ।

सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएपछि पूर्वमन्त्री जोशी, गच्छेदार र साहको बयान गराइँदा ढिला भएको सिआईबीका अधिकारीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया