आइतबार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

टोकियो – जापानकी मिडफिल्डर हिनाता मियावाजाले फिफा महिला विश्वकप फुटबल २०२३ को गोल्डेन बुट अवार्ड जितेकी छिन् । प्रतियोगिताभर सर्वाधिक ५ गोल र १ असिस्ट गरेकी मियावाजाले गोल्डेन बुट जितेकी हुन् ।

फ्रान्सकी कादिदियातु दियानीले ४ गोल र ३ असिस्टसहित सिल्भर बुट जितिन् । जर्मनकी एलेक्स पोलले ४ गोलसहित तेस्रो स्थानमा रहँदै ब्रोन्ज बुट जितिन् ।

तपाईको प्रतिक्रिया