Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानले अन्ततः आणविक विकिरण मिसिएको प्रशोधित पानी समुद्रमा मिसाउने भएको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानीलाई बिहीबारदेखि समुद्रमा मिसाइने भएको हो ।

स्थानीय तथा केही छिमेकी मुलुकहरूले मानव स्वास्थ्य र वातावरणको विषयलाई लिएर विरोध गरेपनि प्रधानमन्त्री फुमियो किशिदा आणविक विकिरण मिसिएको प्रशोधित पानी समुद्रमा मिसाउने निर्णयमा अडिग छन् । ‘फुकुशिमा प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित पानी मिसाउने निर्णयलाई स्थगित गर्न सकिँदैन,’ उनले पत्रकारहरूसँग भनेका छन्, ‘किनभने मार्च २०११ को भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित क्षेत्रहरूलाई पूर्ण रूपमा पुनः प्राप्ति हुन दिनुपर्छ ।’

मत्स्यपालन सहकारी संघको राष्ट्रिय महासंघले फुकुसिमा र वरपरका क्षेत्रहरूबाट समुद्री खानाको प्रतिष्ठा घटाउने भन्दै पानी छोड्ने निर्णयको विरोध जारी राखेको छ । तर किशिदाले पानीको सुरक्षा सुनिश्चितमा ध्यान दिएको दाबी गरेका छन् । मार्च ११, २०११ मा ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीबाट ग्रस्त फुकुसीमा दाइची आणविक ऊर्जा केन्द्रले विकिरण जारी गर्ने कोर मेल्टडाउनको सामना गरेको थियो ।

परिणामतः लेभल ७ आणविक दुर्घटना भएको थियो । जुन अन्तर्राष्ट्रिय आणविक र रेडियोलोजिकल घटना स्तरमा उच्च हो । प्लान्टले भवनहरूमा आणविक इन्धनलाई चिसो पार्नबाट विभिन्न पदार्थहरूले दूषित पानीको ठूलो मात्रा उत्पादन गर्दै आएको छ । जुन अहिले करिब एक हजार भण्डारण ट्याङ्कहरुमा भण्डारण गरिएको छ । जापानी सरकारले अप्रिल २०२१ मा प्रशान्त महासागरमा फोहोर पानी छोड्ने विवादास्पद योजना घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया