बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौं – भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट १३५ जनाभन्दा बढी किशोरहरू भागेका छन् । सोमबार दिउँसो उनीहरू ढोका फोडेर भागेका हुन् ।

भक्तपुरका सहासय सीडीओ डोरेन्द्र निरौलाका अनुसार सुधारगृहमा रहेका १८ वर्षीय कमल बस्नेत आइतबार विहान मृत्यु भएको थियो । ओछ्यानमा अचेत अवस्थामा भेटिएका बस्नेतलाई भक्तपुरकै नागरिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । सोही कारण सुधार गृहमा उत्तेजित भीडका कारण बालबालिका तथा किशोरहरू ढोका फोडेर भागेका हुन् ।

सुधारगृहमा रहेका २५६ मध्ये ४३ जना महिला किशोरी र केही ७८ जना बालकहरूमात्रै सम्पर्कमा रहेको सीडीओ निरौलाले बताए । सुधारगृहबाट भागेहरूको खोजीकार्य तीव्र पारिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाको नाकामा उच्च सतर्कता अपनाएर खोजीकार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया