Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान फाइल बुझाएको छ । सीआईबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ बुझाएको हो ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई फरार सूचीमा राख्दै प्रतिवेदन बुझाएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरुविरुद्ध मुद्दा चलाएको थियो । तर त्यसबेला यी सबैजना धरौटी बुझाएर रिहा भइसकेका छन् ।

सीआईबीको टोलीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग उनीहरुकै निवासमा आइतबार बेलुका पुगेर कागज गराएको थियो ।तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई भने सीआईबीले कार्यालयमै बोलाएर कागज गराउँदै छाडिसकेको छ । ललिता निवास जग्गा प्रकरणमा अहिले भाटभटेनी सुपरमार्केटमा मालिक मीनबहादुर गुरुङ र पूर्वसचिव सुधीर शाहसहित १८ जना हिरासतमा छन् ।

पक्राउ परेकामध्ये ५ जना अदालतको आदेशमा छुटिसकेका छन् । हिरासतमा रहेका सबैलाई अब अदालतमा उपस्थित गराइनेछ । छुटेकालाई पनि त्यही दिन अदालतमा उपस्थित गराइनेछ ।

तपाईको प्रतिक्रिया