Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार बेलुकी क्यानडा प्रस्थान गरेका हुन्।।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन्।वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।अर्थमन्त्री महत उक्त सभामा सहअध्यक्षका रूपमा सहभागी हुँदैछन्। यो सम्मेलन प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

अर्थमन्त्री महत करिव एक साता क्यानडामा रहनेछन्। अर्थमन्त्री महतले त्यहाँ रहेका गैरआवसीय नेपाली र अन्य दातृ निकायहरूसँग भेटघाट कार्यक्रम छ। अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया