Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सशस्त्र प्रहरी बल बाराको टोलीले दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरेको छ ।

बाराको देवताल गाउँपालिका-३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पनि पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १२ गणमातहतको बीओपी दक्षिण झिट्कैयामा नजिकै बच्चाहरू रोएको आवाज सुनेर जाँच गर्दा बच्चा फेला पारिएको बताइएको छ । बालबालिकालाई अभिभावकलाई जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया