Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति भएको छ । अग्निनियन्त्रकहरू आगो निभाउन र उद्धारकर्ताहरू मृतकहरूको खोजीमा जुटिरहेका छन् भने विस्थापितहरूको व्यवस्थापनको चुनौतीलाई पनि उनीहरूले कष्टका साथ खेपिरहेका छन् ।

हवाईको माउई जङ्गलमा लागेको डढेलो मानव वस्तीसम्म फैलिँदा मृत्यु हुनेको संख्या एक सय १४ पुगेको छ । आधुनिक अमेरिकाको इतिहासमा आगलागीमा परेर यति धेरैको अमूल्य जीवन खरानी भएको थिएन । प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौंमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । हवाईका गभर्नर जोस ग्रीनले आगालागाीबाट छ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको, दुई हजार दुई सयभन्दा बढी भवन र अन्य मझौला र साना पाँच सय वटा घर ध्वस्त भएका बताएका छन् ।

भौतिक क्षति भन्दा धेरै क्षति अमूल्य जीवनको क्षति भएको छ । उनले भावुक बन्दै भने, ‘राज्यका धेरैले आमा, बुबा, हजुरबा हजुरआमा, छोरा र छोरी गुमाएका छैन जसको क्षतिपूर्ति कहिल्यै गर्न सकिदैन ।’

अमेरिकाका अन्य भागमा पनि जङ्गलमा लागेको डढेलोले ठूलो क्षति भएको छ । पूर्वी वासिङ्गटन राज्यको मेडिकल लेक क्षेत्रबाट हजारौँ मानिस ज्यान जोगाउन भागेका छन् । क्यानडा पनि डढेलोले आक्रान्त भएको छ । क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार देशभर डढेलोका सात सय घटना भएका छन् जसमा एक लाख ३७ हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्र आगोको चपेटामा परेको छ । ब्रिटिश कोलम्बिया र उत्तरपश्चिमी क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

युरोप पनि विश्वव्यापी तापक्रम वृद्धिसँगै प्रचण्ड गर्मी झेलिरहेको छ । स्पेनको पर्यटकीय टापु टेनेरिफको वनमा डढेलो लाग्दा चार हजार पाँच सयभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको छ । अग्निनियन्त्रण कर्मचारी अहिले पनि उक्त क्षेत्रमा उद्धारमा खटिरहेका छन् । अधिकारीहरूका अनुसार उक्त टापुपमा भएको क्षतिको विवरण सङ्कलन हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया