Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिँदैछन् । साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिने कार्यसूची छ ।

नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल र संकट देखिएको छ ।

साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् । सभाध्यक्षमण्डलमा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट, माओवादीकी गीता तिम्सिना र कांग्रेसका इसराइल मन्सुरी छन् । यसैबीच, आजको बैठकमा एमाले र राप्रपाका प्रदेश सभाका ज्येष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् ।

सभामुख गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेका कारण उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने हो तर उपसभामुख सिर्जना दनुवार पनि सभामा अनुपस्थित हुने सम्भावना देखिएको छ । उपसभामुख अनुपस्थित भए ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था भए पनि एमाले र राप्रपाका आठ जना सदस्य बिदामा बसेका छन् ।

अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने मौका अवसर पाउने छ ।

तपाईको प्रतिक्रिया