Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको र त्यसैले टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठकपछि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गर्ने बताएका हुन् । एमालेले माग गर्दै आएको उच्चस्तरीय समिति गठनबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘कुनै कन्फ्युजन नहोस् । सीआईबीले अनुसन्धान गर्दैछ । त्यसैले निष्कर्षमा पुर्‍याउँछ ।’

प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । तर, सत्तारुढ दलहरूले भने सीआईबीले छानबिन गरिरहेकाले त्यसको अर्को समिति आवश्यक नभएको बताउँदै आएका छन् । एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेयता संघीय संसद्का दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया