Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – स्पेनले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

स्पेनको जितमा खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ६९औं मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई इङल्याण्डकी गोलकिपरले बचाएकी थिइन् ।

यसअघि घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको थियो भने स्पेनले स्विडेनलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

योसँगै महिला फुटबल विश्वकपको विजेता स्पेन बनेको छ । पहिलो पटक फाइनलमा पुगेको इङल्याण्ड उपविजेता बनेको छ । इङल्याण्ड पछिल्लो विश्वकपमा चौथो भएको थियो ।

अहिलेसम्म सबैभन्दा बढी चार पटक विश्वकप जितेको अमेरिका राउण्ड १६ मै स्विडेनसँग पराजित हुँदै बाहिरिएको थियो भने दुई पटक विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । त्यस्तै एक पटक विश्वकप जितेको नर्वे राउण्ड १६ मा जापानसँग पराजित भएर बाहिरिएको थियो भने एक पटक विश्वकप जितेको जापानक्वाटरफाइनलमा स्विडेनसँग पराजित हुँदै बाहिरिएको थियो ।

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।

तपाईको प्रतिक्रिया