Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौँ – आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दलहरूबीच सहमति हुन नसक्दा आजको लागि तोकिएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि बैठक भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ । यसअघि सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन सकेन ।

सत्ता पक्ष र प्रतिपक्ष आ-आफ्नो अडानबाट पछि नहटेपछि संसदको अवरोध नहटेको हो ।

तपाईको प्रतिक्रिया