Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा अर्को बैठक मंगलबार ३ बजे बस्ने जनाइएको छ ।

एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । उसले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरिय छानविन समिति गठन गर्नु पर्ने माग राख्दै आएको छ ।

यसमा सत्ता पक्ष भने सकरात्मक देखिएको छैन् । संसदको गतिरोध हटाउनका लागि प्रधानमन्त्री र सभामुखले पहल गरिरहेको भएपनि सहमती भने हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया