Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलिय बैठक सुरु भएको छ। संसदको अवरोध हटाउन राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको सुरु भएको छलफलमा बैठक मुख्यगरी सदन सुचारु गर्ने विषयमा केन्द्रित हुनेछ।

बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन्।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सुरु भएको छैन। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया