Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ । आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीमगरले जानकारी दिइन् । गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

गत साउन १८ गते संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको थियो । न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा श्रेष्ठको नाम पहिलो नम्बरमा रहेको थियो । संसदीय समितिबाट अनुमोदन भएमा उनले १४ महिना सर्वोच्चको नेतृत्व गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया