Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् ।उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् । यस्तै मेरो डान्स युनिभर्स’को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी छिन् । उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर पाएकी छिन् । हिजो शनिबार  सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।

यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो । कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया