Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।

सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ भदौ २० अर्थात् ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।

यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ । थप माग अनुसार गन्तव्य विस्तार गरिने पौडेलले जानकारी दिए । काठमाडौं-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ । दमाम-काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ ।

तपाईको प्रतिक्रिया