सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – आउँदो सेप्टेम्बर महिनामा एप्पलले आईफोन १५ सिरिज सार्वजनिक गर्दैछ । सार्वजनिक हुने मिति नजिकिँदै गर्दा विभिन्न विवरण लिक भइरहेका छन् । नयाँ सिरिजकाे आईफोनमा लाइटनिङ पाेर्टकाे सट्टामा यूएसबी-सी पाेर्ट हुने खबर छ । नाइन टु फाइभ म्याकका अनुसार आईफोन १५ सिरिजका केही मोडेलहरूले ३५ वाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्नेछन् । यद्यपि एप्पल सर्टिफाइड केबल प्रयोग गर्दा मात्र याे क्षमताकाे फास्ट चार्जिङ सपाेर्ट हुने बताइएकाे छ ।

एप्पलले २०२० मा नै ई-वेस्ट (विद्युतीय फाेहर) हुने भन्दै आईफोन खरिद गर्दा पावर एडप्टर दिन बन्द गरेको थियो । यसकारण आईफोन १५ मा पनि ग्राहक स्वयंले एडप्टर किन्नुपर्ने छ । एप्पलले ग्राहकहरूलाई गत वर्ष बजारमा आएको ३५ वाटको डुअल यूएसबी चार्जर वा म्याकबुक एयरको लागि बनाइएको ३० वाटको यूएसबी-सी चार्जर किन्न सुझाव दिनसक्ने समेत चर्चा छ ।

युरोपेली संघ (ईयू)ले डिसेम्बर २८, २०२४ सम्म आईफोन सहित सबै नयाँ फोनहरूले चार्जिङका लागि यूएसबी-सी प्रयोग गर्नुपर्ने मापदण्ड ताेकेकाले पनि एप्पलल्रे लाइटनिङ पाेर्टकाे विकल्प खाेजेकाे छ । ईयूकाे मापदण्ड पूरा गर्नका लागि पनि एप्पल आईफोन १५ यूएसबी-सी पाेर्ट राख्नुपर्ने बाध्यतामा छ ।

 

तपाईको प्रतिक्रिया