बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

काठमाडौँ – अभिनेता सनी देओलको फिल्म  ‘गदर २’ले यतिबेला कमाइमा राम्रो उछाल ल्याएको छ ।  फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा गदर-२ ले पहिलो हप्तामा ३०५ करोड कमाएको बताएका छन्।गदर-२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो। यो फिल्मसँगै अक्षय कुमारको ओएमजी-२ पनि थिएटरमा रिलिज भएको थियो ।

गदर-२ ले भारतीय सिनेमाको इतिहासमा पनि नयाँ कीर्तिमान बनाएको छ। अगस्ट १५ मा कुनै पनि भारतीय फिल्मले ५५ करोड कमाउन सकेका छैनन्। तर गदर-२ ले यो उपलब्धि स्वतन्त्रा दिवसका दिन प्राप्त गरेकाे छ। मल्टिप्लेक्सबाहेक गदर-२ फिल्मले सिंगल स्क्रिन थिएटरमा पनि राम्रो कमाइ गरिरहेको छ । तरण आदर्शले लामो समयपछि सिंगल स्क्रिन थिएटरमा फिल्मले यति धेरै कमाइ गरेको बताउँछन्। गदर- २ सन् २००१ मा रिलिज भएको गदरको सिक्वेल हाे।गदर-२ का निर्देशक अनिल शर्मा हुन् ।

फिल्ममा सनी देओलका अलावा अमिषा पटेल पनि छिन्। गदर-२ मा अभिनय गर्न आफू निकै डराएकाे देओलले बताएका छन्। उनलाई पूरानाे चलचित्रकाे स्वाद हराउने हाे कि भन्ने चिन्ता थियाे।

 

तपाईको प्रतिक्रिया