सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – इंग्ल्यान्ड महिला फुटबल विश्वकपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड विश्वकपको फाइनलमा पुगेको हो ।

इंग्ल्यान्डको जितमा इला टोने, लाउरेन हेम्प र अलेसिया रुसोले एक एक गोल गरेका थिए । त्यसैगरी अस्ट्रेलियाका लागि साम केरले एक गोल गरेकी थिइन् । यो जितसँगै इङल्याण्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

यसअघि इङल्याण्ड २०१५ र २०१९ को विश्वकपमा सेमिफाइनलमा पराजित भएको थियो । इङल्याण्ड २०१५मा तेस्रो र २०१९ मा चौथो बनेको थियो ।

अब फाइनलमा इंग्ल्यान्डले स्पेनको सामना गर्ने छ । फाइनल खेल अगस्त २० मा हुनेछ । अस्ट्रेलियाले भने तेस्रो स्थानका लागि स्विडेनको सामना गर्ने छ । तेस्रो स्थानको खेल अगस्त १९ मा हुनेछ ।

तपाईको प्रतिक्रिया