Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा ‘टाइफुन ल्यान’का कारण ४९ जना घाइते भएका छन् । समुद्रमाथिबाट उत्तरतर्फ सरेको टाइफुनका कारण मुसलधारे वर्षापछि ४९ जना घाइते भएका हुन् ।

मध्य जापानमा पनि भारी वर्षाका कारण राजधानी र दक्षिणपश्चिम जापानको हाकाता जोड्ने सीधा बुलेट ट्रेन सेवा बन्द गरिएको थियो, तर पछि पुनः सुचारु भएको छ । शिन-ओसाका र हाकाटा स्टेशनहरू बिचको सान्यो शिन्कानसेन लाइन लगभग १२ः३० बजे पुनः सुरु भयो भने टोकियो र शिन-ओसाका स्टेशनहरू बीचको टोकाइदो शिन्कानसेन सेवाहरू २ः१० बजे पुनः सुरु भएको हो ।

आगो र विपद् व्यवस्थापन एजेन्सीका अनुसार ह्योगो सहित आठ प्रिफेक्चरहरूमा ४९ जना घाइते भएका छन् । टोटोरीको पश्चिमी प्रान्तमा सडक अवरुद्ध र दुईवटा पुलहरू भत्किएका छन् । जापानको समुद्री तटमा पूर्वीदेखि उत्तरी जापानमा आँधीको सम्भावित प्रभावबारे चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया