Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको अर्थतन्त्रमा तुलनात्मक रूपमा तीव्र गतिले बढेको छ । पछिल्लो ३ महिनामा अर्थतन्त्रमा अपेक्षा भन्दा राम्रो सुधार देखिएको हो ।

यस अवधिमा जापानको मुद्रा पनि बलियो बनेको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ६ प्रतिशतको दरको वृद्धि देखिएको छ । जापानको अर्थतन्त्रमा हाल देखिएको वृद्धि अर्थविद्हरूको प्रक्षेपणभन्दा दोब्बर हो ।

जापानी मुद्रा यान कमजोर हुँदा जापानी सामानको निर्यात पनि ह्वात्तै बढेको थियो । विश्वभरका उपभोक्ताले कम मूल्यमा सामान पाउँदा जापानी सामानको निर्यात बढेको थियो । जापानी मुद्रामा १० प्रतिशतले गिरावट आएको थियो । ‘जापानको कुल ग्राहस्थ उत्पादन सुधारिनुको कारक तत्त्व कमजोर यान हो’, अर्थविद् मार्टिक स्कल्जले भने ।

अर्थतन्त्र सुधारको प्रमुख मापन कुल ग्राहस्थ उत्पादनबाट हुने गर्छ । यसले व्यापारको बढोत्तरी र जनशक्ति थपमा सघाउ पुर्‍याउँछ भने सरकारलाई पनि कर र खर्च निर्क्योलमा सहयोग पुर्‍याउँछ । जापानका कार निर्माता कम्पनी टोयोटा, होण्डा, निशानको नाफा पनि ह्वात्तै बढेको छ भने निर्यातका लागि पनि धेरै नै माग बढेको छ । जापानको अर्थतन्त्रलाइ पर्यटनले पनि साथ दिएको  छ ।

सरकारले सीमामा लगाएको प्रतिबन्ध अप्रिलको अन्त्यबाट खुकुलो बनाएसँगै पर्यटकको आवागमनमा पनि वृद्धि भएको छ । कोरोना महामारीपछि खस्किएको पर्यटनमा जुनको अन्त्यसम्म ७० प्रतिशत सुधार भएको तथ्यांक छ । चीनले समूहगत भ्रमण खुला गरेपछि र पर्यटकले गर्ने खर्चका कारणले पनि जापानको पर्यटन सुधारिएको हो । कोरोना कालअघिको तथ्यांक अनुसार जापानको पर्यटन क्षेत्रमा हुने आर्जनमध्ये एक तिहाइ चिनियाँले खर्चन्थे ।

चिनियाँ पर्यटकले गर्ने खर्चले पनि जापानको अर्थतन्त्रलाई लयमा फर्काउन सघाउ पुर्‍याएको छ । अर्थविद् स्कल्जले भने, ‘पहलो चरणमा सुधार देखिएपनि अब दोस्रो चरणमा यही गति कायम हुन्छ वा हुँदैन हेर्नुपर्नेछ । घरेलु अर्थतन्त्र अहिले चिसिएको देखिन्छ ।’तर अर्थ

विद् मार्सल थिलिएन्टले भने सार्वजनिक तथ्यांकझैँ निकै उत्साही हुने अवस्था नरहेको बताए । जापानको अर्थतन्त्रमा टेवा पुर्‍याउने निजी उपभोगमा कमी आएको कारण निकै नै उत्साही हुने बेला नआएको उनको भनाई छ । कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखिएसँगै कामदारको तलब वृद्धिमा पनि २८ वर्ष यताकै तीव्र वृद्धि देखिएको छ । तर मुद्रास्फीति चार दशक यताकै उच्च रहँदा जापानमा मजदुरीमा भने गिरावट छ ।

तपाईको प्रतिक्रिया