Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै तस्करीको सुन पक्राउ गर्न लगाएको खुलासा परेका छन् । बालुवाटारमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरसंवाद गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

उनले सुशासन कायम गर्नकै लागि नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणका फाइलहरू खोलिएको र सुन तस्करी नियन्त्रणमा लिने गरी पहलकदमी अघि बढाइएको बताए । आफूले सुन तस्करहरू समाउँदा स्याबासी पाउनुपर्नेमा उल्टै सुन किन समाइस् भनेर प्रश्न गर्ने गरिएको भन्दै यसले आफूलाई अचम्मित पारेको उनको गुनासो छ ।

त्रिभुवन विमानस्थलमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको खबर आउन थालेपछि राजस्व अनुसन्धान विभागमा आफ्नै निजी सचिवका रूपमा रहेका सहसचिव नवराज ढुंगानालाई महानिर्देशक बनाएर पठाएको उनले खुलाए । ‘मैले मेरै निजी सचिवलाई राजस्व अनुसन्धान विभागमा पठाएर तस्करीको सुन पक्राउ गर्न लगाएको हुँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तस्करहरूको जालो पत्ता लगाएर सुन बरामद गर्दा त सबैले धन्यवाद दिनुपर्ने हो तर त्यस्तो भएन, उल्टो अपजस लगाउने काम भयो, प्रतिपक्षीले उल्टो यसैलाई बहाना बनाएर संसद् अवरोध गर्ने काम गरिरहेको छ, यसले मलाई अचम्मित पारेको छ र शंका गर्ने ठाउँ दिएको छ ।’

उहाँले सुन तस्करीको जालो भत्काउँदा र तस्करहरूलाई पक्राउ गर्दा प्रतिपक्षी दलको टाउको दुख्नु शंकास्पद भएको जिकिर गर्दै भन्नुभयो– ‘अहिले त कहिलेकाहीँ किन सुन समाएर उल्टो अपजस लिने काम गरेँछु जस्तो पो लाग्न थालेको छ, त्यसैले यसमा सम्पादकज्यूहरूले स्वतन्त्र किसिमले अध्ययन गरिदिनुप-यो, तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?’

उनले चारैतिर कुशासन व्याप्त रहेकाले जनतामा चरम निराशा छाएको र जनतामा आशा जगाउन पनि भ्रष्टाचारविरुद्ध अभियान थालिएको दाबी गरेका छन् । सोही अभियानअन्तर्गत नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई पक्राउ गरी मुद्दा चलाइएको उनले बताए । ‘भ्रष्टाचार र अनियमितता भएका कुनै पनि ठाउँमा कारबाही चलाउन सरकारपछि गर्दैन,’ उनले अगाडि भने, ‘पछिल्लोपटक ललितानिवास र सुन तस्करी प्रकरणमा हात हालेका हौं, यसलाई पनि टुंगोमा पुर्‍याएर आम जनतालाई सुशासनको अनुभूति दिलाएरै छोड्छौं ।’

सुन तस्करी प्रकरणमा जतिसुकै ठुला व्यक्तिहरू परे पनि कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए । ललितानिवास प्रकरणमा तथ्य र प्रमाणका आधारमा कारबाही गर्न प्रहरीलाई भनिएको र पूरै निजी क्षेत्रलाई आतंकित पार्ने गरी कारबाही नगर्न प्रहरीलाई निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे । भू-माफियाहरूले वर्षाैँदेखि जरा गाड्दै आइरहेको र उनीहरूको जालोमा यहाँका विभिन्न दलका नेता, प्रशासक र व्यापारीहरूसमेत परेको बताउँदै उनले अब भू-माफियाहरूको सातो जाने गरी आफ्नो सरकारले काम गर्ने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले सिंहदबार र बालुवाटारमा रहँदा कहिलेकाहीँ बिचौलिया र माफियाहरू हाबी हुन सक्नेतर्क आफूहरू सचेत रहेको बताए । ‘कुनै कुनै निर्णय हुँदा कहाँबाट कसरी हुन्छ भन्ने कुरा आफूले पनि बुझ्न नसक्ने अवस्था कहिलेकाहीँ आउँदा बिचौलिया र माफिया हाबी भएकी जस्तो लाग्छ तर अब त्यसरी उनीहरूलाई हाबी हुन नदिने गरी अगाडि बढेको छु,’ उनले भने ।

तपाईको प्रतिक्रिया