Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – म्यानमारको उत्तरी काचिन राज्यमा रहेको जेड खानीमा गएको पहिरोमा परी ज्यान गुमाएका मध्ये मङ्गलबार दिउँसोसम्म १९ जनाको शव निकालिएको छ ।

‘स्थानीय समय अनुसार मङ्गलबार दिउँसो २ः३० बजेसम्म १९ वटा शव निकालिएको थियो । मृतक सबै पुरुष रहेको पाइएको छ । खोजी र उद्धार कार्य जारी छ’, हपाकान्त प्रहरी चौकीका एक प्रहरी अधिकारी हान विन ह्लिङले सिन्ह्वालाई बताएका छन् ।

दिउँसो ३ बजेतिर पहिरो गएको हो । स्थानीय समय अनुसार आइतबार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा बढी मानिस बेपत्ता भएका थिए । घटनास्थलमा सोमबारदेखि विभिन्न उद्धार संस्थाले खोजी तथा उद्धार कार्य गरिरहेको स्थानीय उद्दारकर्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया