Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गायक तथा सर्जक रवि कार्कीको ‘चरी बाँसैमा…’ बोलको गीत सार्वजनिक भएको छ । रवि र कमला पोखरेलको स्वर रहेको गीत क्र्रियटिभ मिडिया प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा प्रविन खत्रीको शब्द र सुमधुर संगीत रवि कार्कीको रहेको गीतले महिलाको मर्म बोकेको छ । विवाहित महिलाले श्रीमानका कारण पाएको दुःखलाई सुन्दर र मार्मिक ढंगले गीतमा प्रस्तुत गरिएको छ ।

भुपेन बानियाँले निर्देशन गरेको गीतको भिडिओमा रवि काकी र इस्मारीका ढकालको अभिनय रहेको छ । वसन्त बानियाँ र सन्दीप खत्रीको छायांकन रहेको गीतको भिडिओलाई भुपेन बानियाँ आफैले सम्पादन गरेका हुन् । मादी ६ तप्राङ कास्की जिल्लाको मनोरम ठाउँहरूमा छायांकन गरिएको गीत भिडिओ सुन्दर बनेको छ ।

तपाईको प्रतिक्रिया