Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – स्पेन जारी महिला फुटबल विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

स्पेनको जितमा सलमा सेलेस्ते आयिन्गोनो र ओल्गा कारमोनाले एक एक गोल गरेका थिए । त्यस्तै स्विडेनका लागि एक गोल रेबेका ब्लोमभिस्टले गरेकी थिइन् ।  ८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाइन् । जेनिरफर हर्माेसोको प्रहारलाई नाभारो र एन्डरसनले ब्लक गरेपनि बाउन्स भएको आएको बललाई साल्माले जाली चुमाईन् ।

८८औं मिनेटमा रेविका रेविकाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन् । उनले लिना हुर्टिगको पासमा गोल गर्न सफल भइन् । त्यसको उक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनल पु-याइन् । योसँगै स्पने पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ । अब फाइनलमा स्पेनले अस्ट्रेलिया र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

दोस्रो सेमिफाइनल खेल बुधबार अस्ट्रेलिया र इङल्याण्डबीच हुने छ । त्यसैगरी स्विडेन भने अब तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित देशसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया