Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ । दिल्लीबाट काठमाडौँ उडान गर्दै आएको उक्त जहाजको ह्वील लक भई धावन मार्गमै अड्किएको हो ।

धावन मार्गमा उक्त जहाज अड्किएपछि ५७ मिनेटसम्म उडान र अवतरण नै अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएका जहाजहरुलाई आकाशमै होल्ड गराइएको थियो ।

जहाजलाई रनवेबाट ट्रयाक्टरले तानेर हटाइँदै छ । जहाजमा १७९ यात्रु सवार हुन लागेका थिए ।

तपाईको प्रतिक्रिया