बुधबार, जेठ १६, २०८१
Wednesday, May 29, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि आफुले गरेको संसद विघटन सहि रहेको बताएका छन् । ओलीले आफुले ठिक ठानेर नै संसद विघटन गरेको बताएका हुन् ।

काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताए । ‘हामीले पुस ५ गते संसद् विघटनको सिफारिस ग-यौं । हामीले ठीक ठानेर ग-यौं। ठीक भनेर ग-यौं। ठीक थियो र ग-यौं। नगरी नहुने थियो र ग-यौं । विलकुलै समसामयिक कदम चाल्यौं,’ उनले भने, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र भएको थियो,’ उनले भने, ‘हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं ।’

यसअघि पनि आलीले आफुले गरेको संसद विघटन सहि रहेको बताउँदै आएका थिए । तर तत्कालिन प्रधानमन्त्री रहेको ओलीले २०७७ पुस ५ गते गरेको संसद विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो ।

तपाईको प्रतिक्रिया