Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को शहर फुकुओका आइपुगेको नेपथ्य टोलीले शनिबार बेलुकी यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो साथ पाएको छ ।​​पुराना मन्दिर, समुद्री किनार र अत्याधुनिक सपिङ मलहरूले भरिएको शहरका रूपमा चिनिने फुकुओकामा पछिल्लो समय नेपालीको संख्या झन्डै १० हजार पुगेको अनुमान गरिन्छ ।‘हालसम्म यहाँ आएका नेपालीहरूको ठूलो भेला भनेकै ६ सय मानिसको उपस्थिति थियो,’ कन्सर्ट आयोजक टोलीका प्रकाश थापा भन्छन्, ‘त्यस हिसाबले शनिबार नेपथ्य कन्सर्टमा उपस्थित १२ सयभन्दा बढी दर्शकको संख्या यो शहरमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली जमघट हो ।’ त्यस साँझ तोकिएको समयमै ६ बजे सिभिक हलका ढोकाहरू खुला गरिएका थिए । बेलुकी ठीक ७ बजे कन्सर्ट सुरु हुनेबित्तिकै सबैभन्दा पहिले ‘सा कर्णाली’ र ‘मै मरि जाउँला’ को म्युजिक भिडियो प्रस्तुत गरियो । त्यसपछि मञ्चमा उपस्थित नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट दर्शकसँग पहिलो साक्षात्कार गर्‍यो । त्यो क्रमलाई ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे’ हुँदै ‘शिरफूल’ले निरन्तरता दियो ।त्यसपछि गायक अमृत गुरुङले नेपाली विदेशीने परम्पराका बारेमा दर्शकसँग चर्चा गर्न चाहे । ‘ठूलो संख्यामा युवा पुस्ता बाहिरिने क्रमले गर्दा अहिले नेपाली समाज एकखाले शून्यतातर्फ अघि बढ्दै गइरहेको छ,’ उनले थपे, ‘कुनै समय यसैगरी बाहिरिने परम्परा सुरुगरेका लाहुरेहरूले भने उतिबेला फर्केर आउँदा उताबाट मीठा मीठा गीतहरू पनि बोकेर ल्याउने चलन थियो ।’ त्यसपछि अमृतले गोर्खा फौजले उतिबेलै भित्र्याएको गीत गाएर सुनाएः-

‘नैनताल नैनताल, घुमिआयो रेल,
आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल’कन्सर्टमा उपस्थित दर्शकमध्ये काठमाडौं घर भएका अजित सबैभन्दा पहिले हलभित्र प्रवेश गरेका थिए । ‘नेपालमै रहँदा पनि म नेपथ्यको कन्सर्ट हेर्न पोखरा पुग्ने गर्थेँ,’ अजितले भने, ‘अहिले फुकुओकामै ब्याण्ड आइपुग्दा झनै रमाइलो लागिरहेको छ ।’अन्त्यतिर सधैंझैँ श्रोताले सर्वाधिक मनपराएको ‘रेशम’ र ‘तालको पानी’ गाइरहँदा नृत्यरत दर्शकहरुको उत्तेजना चरम विन्दुमा पुगेको थियो । त्यसलगत्तै ‘रातो र चन्द्रसूर्य’ गाउने बेलामा त्यो पारो अझ माथि उक्लियो । हलभरि जताततै राष्ट्रिय झण्डा हल्लिरहेका थिए । त्यसै क्रममा एकजना दर्शकले हातमा भएको झण्डा अमृततिर फ्याँके । त्यो झण्डा उठाएर अमृतले बोलेको संवादले एकछिन हलभरि सबैलाई भावुक बनाएको थियो ।यसैबीच जापानी नागरिकहरू माझ पनि नेपथ्य कन्सर्टका चर्चा विस्तार हुन थालेका छन् । ‘दर्शकहरूलाई मनोरञ्जनले भरिपूर्ण बनाउँदै सम्मोहनमा बाँधेर राख्नसक्ने उर्जा नेपथ्यमा गजबको देखिएको छ,’ नेपाली भाषाका अध्येता हारोहुतो नोजुले उनको फेसबुक पोष्टमा उल्लेख गरेका छन्, ‘यो जिन्दगानी गीत गाइरहँदा मैले आँसु थाम्न सकिन त्यसैगरी ‘गाउँ गाउँबाट उठ’ अनि ‘रातो र चन्द्रसूर्य’ गाइरहँदा अन्य दर्शकसँगै म पनि उफ्रिरहेको थिएँ ।’त्यसैगरि जापानमा श्रृंखलावद्ध कन्सर्ट गरिरहेको नेपथ्यका बारेमा नेपालस्थित जापानी राजदूतावासले समेत आफ्नो सामाजिक सञ्जालमा पोष्ट राखेको छ । ‘फुकुओकामा नेपथ्य कन्सर्ट भव्यरूपमा सम्पन्न भएको छ,’ आयोजक टोलीका थापा भन्छन्, ‘यो कन्सर्ट हेर्नका लागि हिरोसिमा र नागोयादेखिका दर्शक फुकुओका आइपुगेका थिए ।’कन्सर्टमा सँधैझै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । फुकुओकाको कन्सर्ट सम्पन्न भएपछि १४ सदस्यीय नेपथ्य टोली आइतबार दिउँसो अर्को सहर ओसाकातर्फ प्रस्थान गरेको छ । ब्यान्डले अगस्त १७ तारिख बिहीबारका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुन्जाउने छ ।

तपाईको प्रतिक्रिया