Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले यहि साउन ३ गते बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम कायम भएको छ । मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० किलो ७१६ ग्राम मात्रै भएको हो ।

बरामदको समयमा उक्त सुन १०० किलो रहेको अनुमान गरिएको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो । मंगलबार बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्न जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो । त्यहीअनुसार सुन केही ग्राम घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले जानकारी दिए । राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १०० किलो सुन ब्रेक सुबाट निकालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा चेकजाँच गराएको हो ।

तपाईको प्रतिक्रिया