Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सिंनामगलमा बरामद भएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार उनीहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् ।

यो प्रकरणमा अहिलेसम्म २३ जना समातिएका छन् । त्यसमध्ये यसअघि नै एक जना हाजिरी जमानीमा छुटेका छन् । यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको थियो । सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।

अहिले सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । यस्तै अहिले बरामद सुन गाल्ने काम भइरहेको छ । सुन गाल्ने काम सकिएपछि मात्र यसको गुणस्तर जाँच हुने भएको छ ।

तपाईको प्रतिक्रिया