Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएपछि सिनामंगलबाट बरामद गरिएको सुन आज पगालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । आज बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ ।

गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन यकिन तौल आएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले जानकारी दिए । भन्सार जाँचपास भएर सिनामंगलको रोडमा पुगिसकेको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया